अधिनायकवादी कम्युनिस्टहरू सधैँ मास्क लगाएर मुख लकाउनुपर्ने भएः खतिवडा
नवलपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले निर्वाचनबाट लोकतान्त्रिक शक्तिहरू भाग्न नहुने बताएका छन् ।
नवलपुर जिल्लाको कावासोती नगरपालिका–१६ मा मंगलबार नेपाली कांग्रेसको नगर समितिले प्रजातन्त्र सेनानी स्व.नीमप्रसाद धरेलको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै धेरै कुरा गरेर बस्नुभन्दा तोकिएको समयमा निर्वाचन गर्नुपर्ने बताएका हुन् । उनले कांग्रेस लोकतान्त्रिक प्रक्रियाबाट भाग्न पार्टी नभएको भन्दै संसद विघटन गर्ने कम्युनिस्टहरूको भण्डाफोर गरे ।
उनले भने, ‘निर्वाचनको विकल्प निर्वाचननै भएकोले ढिलो–छिटो निर्वाचन गर्नुनै पर्छ । कांग्रेस निर्वाचनबाट डराउँदैन ।’
जनताले दिएको दुईतिहाइको बहुमत पाएका कम्युनिस्टहरूलाई अबको निर्वाचनमा मत माग्न पनि लाज लाग्ने उनले बताए । ‘कम्युनिस्टहरूलाई कोरोना लागे जसरी मुखमा मास्क लगाएर जनतासँग भोट माग्नुपर्नेछ । लाजले गर्दा मुख देखाएर भोट माग्ने अवस्था छैन’, उनले भनेका छन् ।
‘मास्क लाएर गए पनि आफ्नो कर्तव्य भुलेकोले कम्युनिस्टहरूले भोट माग्ने अधिकार गुमाएका छन्’, कांग्रेस नेता खतिवडाले भने, ‘धोकेबाज कम्युनिस्टलाई जनताले चिन्नेनै छन् । कम्युनिस्टहरू भोट माग्ने लायकका छैनन् । पत्तासाप हुनेछन् ।’
‘एउटा प्रतीज्ञा गरौँ । यो कांग्रेस, त्यो कांग्रेस होइन, हिजो कसैले गल्ती गरेको छ ? आफ्नो गल्तीको स्वीकार गर्दै मेलमिलापको नीतिसँग साथसाथै हिंड्नुपर्छ’, खतिवडाले भनेका छन् ।

‘२०५१ सालमा मनमोहन अधिकारीले जित्नु भयो । २०६४ मा अर्को चमत्कारी नेता प्रचण्डले २४० मा संविधान बनाउन १२१ सिटनै जित्नु भयो’, खतिवडाले भने, ‘कम्युनिस्टको ४ जना प्रधानमन्त्री बने । संविधान बनाउन सकेनन् ।’
उनले भनेका छन्, ‘संविधानको बाटोनै परिवर्तन गरेर न्यायाधीशलाई जिम्मा लाएर जानुभयो । त्यस्तो ध्वास्त पारेको देशलाई मिलाएर हामीले २०७० कांग्रेसले जितेर संविधान बनायौँ ।’
‘२०७४ मा भारी मत दिएर जनताले कम्युनिस्टहरूलाई जिताएर पठाए’, कांग्रेस नेता खतिवडाले भने, ‘त्यसको बदला महेन्द्रले संविधानको बलात्कार गरेको जसरी कम्युनिस्ट सरकारले संविधान बलात्कार गरेर संविधानमै नभएको संसद विघटन गर्दै देशलाई फेरि अस्थिरतातिर लगेका छन् ।’
कांग्रेसका नेता खतिवडाले सबै प्रजातान्त्र प्रेमी शक्ति एक भएर निरंकुश कम्युनिस्ट शासन र अधिनायकवादबिरुद्ध उभिएर देशलाई फेरि सहि बाटोमा लैजानुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय तरुण विभाग सचिव श्याम श्रेष्ठले संविधानमै नभएको काम कम्युनिस्टहरूले गरेको बताए । उनले संसद विघटन गरेर कम्युनिस्टले देशलाई अस्थिरतातिर लगेको बताए ।
कम्युनिस्टहरूको संविधान विरोधी अधिनायकवादी हर्कतको देशभरिका तरुणहरूले खबरदारी गर्नुपर्ने बताएका छन् । उनले देशलाई बचाउने जिम्मेवारी तरुणहरूको काँधमा आएको समेत बताए ।
‘अब पार्टी र देशको नेतृत्व गर्ने दोस्रो पुस्ता तपाई हामीनै हो’, श्रेष्ठले भने, ‘अहिल्यैबाट हामीले यो अभियान शुरु नगरे आगामी पुस्ताले पनि हामीले जस्तै नियती भोग्नुपर्छ ।’
‘अब देशभरिका युवाहरूलाई एकठाउँमा ल्याएर राष्ट्रलाई सहि मार्ग निर्देश गर्नुपर्छ’, सचिव श्रेष्ठले भने, ‘प्रजातान्त्र प्रेमी शक्ति हामी एक भएर निरंकुश शासन र अधिनायकवादबिरुद्ध उभिएर देशलाई फेरि सहि बाटोमा लैजान सक्रिय हुनुपर्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया