काठमाडौंमा नेकपा फुट्दै गर्दा त्यही पार्टीकी लोकप्रिय नेतृ मल्ल कांग्रेसमा प्रवेश

लामाखेत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौंमा औपचारिक रुपमा विभाजन हुँदै गर्दा पर्वत जिल्लाकी लोकप्रिय नेतृ शुभा मल्ल नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् ।

जलजला गाउँपालिका– ४ मा तत्कालीन माओवादीबाट वडा सदस्यमा उमेदवार बनेकी मल्ल मंगलबार कांग्रेसमा प्रवेश गरेकी हुन् ।

उनलाई कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले कांग्रेसमा स्वागत गरेका हुन् ।

कांग्रेस प्रवेश गरेकी नेतृ शुभा मल्ल जलजला गाउँपालिकाकी असल समाजसेवी पनि हुन् ।

जलजला गाउँपालिका– ४ मा नेपाली कांग्रेसको वडा कार्यालयमा आयोजित नेपाल महिला संघ वडा समिति गठन कार्यक्रममा कांग्रेसमा प्रवेश गरेकी हुन् ।

नेकपा छाडेर कांग्रेस प्रवेश गरेकी नेतृ शुभा मल्लले जनताले विश्वास गरेर कम्युनिस्टहरूलाई झण्डै दुईतिहाइको बहुमत दिएको स्मरण गर्दै कम्युनिस्टहरूले मुलुकमा गरि खान नसक्ने बताइन् ।

उनले देशभरिका कम्युनिस्टहरूलाई नेकपा छाडेर कांग्रेसमा प्रवेश गर्न अपील पनि गरेकी छिन् । नेतृ मल्लले कम्युनिस्टहरूका मीठा कुराहरूको भ्रममा नपर्न अनुरोध गरेकी छिन् ।

उनले निर्वाचनमा कम्युनिस्टहरूले गर्ने मीठा कुराले जनता भ्रममा पर्ने गरेको बताइन् ।

Published : Tuesday, 2020 December 22, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया