कांग्रेस निवार्चनबाट डराएको छैन, हाम्रै बलबुताले प्रतिस्पर्धा गर्छौंः रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेस पार्टी निर्वाचनबाट नडराएको बताएका छन् ।
मंगलबार बिहान एउटा टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा खतिवडाले कांग्रेस चुनासँग नडराएको बताएका हुन् । ‘हामी चुनावबाट डराएका छैनौँ’, उनले भने, ‘लोकतान्त्रिक प्रक्रियाबाट कांग्रेस कहिल्यै पनि पछाडि हट्दैन । लोकतन्त्र र संविधानको रक्षा कसरी गर्न सकिन्छ भनेर ध्यान दिएका छौँ । यस्तो तरिकाले देश चलाउँदा केपी ओलीलाई कांग्रेसले साथ दिँदैन ।’
कांग्रेसका नेता खतिवडाले ओलीले सोमबार देशबासीका नाममा गरेको सम्बोधनलाई जनताको सम्बोधन भन्दा पनि नेकपाभित्रको सम्बोधनका रुपमा आफूले लिएको बताए ।
‘ओलीले देशबासीका नाममा गरेको सम्बोधन होइन । प्रचण्ड र माधवबासीका नाममा गरिएको सम्बोधन हो’, उनले भनेका छन् ।
दुईतिहाइको बहुमत हुँदा पनि सरकार चलाउन नसकेर कम्युनिस्टले संसद विघटन गरेको बताएका खतिवडाले भने, ‘नेकपाका नेताहरू मास्क लगाएर भोट माग्न जानु होला । भोट माग्ने अवस्थामा ओली हुनुहुन्न ।’
खतिवडाले संसद विघटन गर्ने ओलीको अर्को ‘कु’ भउको बताएका छन् । उनले भने, ‘ओलीजीले सत्ता लम्बाउने प्रयासमा संसद विघटन गर्नुभयो ।’
चुनाव हुने सम्भावना भयो भने हामी चुनावमा जान्छौँ’, उनले भने, ‘भ्रमका भरमा अब जनताले साथ दिने छैनन् ।’
उनले भने, ‘जसले संविधान चाहँदैन भनेको छ । त्यो शक्तिले संसद विघटन गर्न दवाव दिएका हुन सक्छन् ।’
‘कांग्रेसलाई त्यही शक्तिले हराएर कम्युनिस्ट पार्टीलाई जितायो । कांग्रेसलाई ढाल्न र लोकतन्त्रलाई कमजोर बनाउन ओली–दाहाललाई मिलाए । अब उनीहरूको भ्रम टुटेको छ । कांग्रेस चाहियो भन्नेमा सबै छन्’, कांग्रेसका नेता खतिवडाले भनेका छन् ।
‘केपी ओलीलाई कसले चलाएको रहेछ भन्ने कुरा अहिले आएर उदाङ्गो भएको छ । ओलीको राष्ट्रवाद देखिएको छ’, उनले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया