प्रचण्ड हुइकिएर पुल्चोक पुगे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापासँग भेट गरेका छन् ।

दाहालले मंगलबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा पुगेर थापासँग भेट गरेका हुन् । दाहालले थापासँग केन्द्रीय कमिटीको बैठकमा सहभागी भएर आफूहरूलाई साथ दिन आग्रह गरेको स्रोतले जनाएको छ ।

दाहालले यसअघि सोमबार पनि थापासँग भेटवार्ता गरेका थिए । थापाले पार्टी विभाजन गर्ने कुनै पनि बैठकमा आफू सहभागी नहुने जवाफ दिएका थिए ।

गृहमन्त्री थापाले सोमबार आफू निकटका केन्द्रीय सदस्य र सांसदहरूलाई बोलाएर छलफल गरेका थिए । थापासँग दुई दर्जन सांसदहरू रहेको चर्चा छ ।

Published : Tuesday, 2020 December 22, 10:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया