ओलीले आजै तीन बजे बोल्ड निर्णय सुनाउँदै
काठमाडौं । संसद विघटन गरेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसो ३ बजे देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
ओलीले सम्बोधनमा संसद विघटन गर्नु परेको कारण, मध्यावधी निर्वाचन र भावी योजनाका विषयमा जानकारी दिनेछन् ।
प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टी नेकपाले अनुशासनको कारबाही गर्दै छ । कारबाहीमा पर्नु अगाडि नै ओलीले देशबासीका नाममा सम्बोधन गरेर बोल्ड निर्णयको तयारी गरेको चर्चा छ ।
Published : Monday, 2020 December 21, 1:28 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया