कांग्रेसले प्रचण्डलाई हराएको ठाउँमा ओलीविरुद्ध नेकपाको प्रदर्शन
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पराजित भएको क्षेत्रमा प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भएको छ ।
काठमाडौंको कीर्तिपुरमा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता कार्यकर्ताले आइतबार साँझ मसालु जुलुससहित नारावाजी गरेका हुन् । उनीहरूले संसद विघटन गर्ने ओलीको निर्णयको विरोध गरेका छन् ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री ओलीलाई संसद विघटनमा साथ दिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध पनि नारावाजी गरेको सहभागीहरूले बताएका छन् ।
नेकपाको कीर्तिपुर नगर कमिटीले प्रधानमन्त्री ओलीको कदमविरुद्ध जुलस निकालेको थियो । मसाल जुलुसमा नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले नेतृत्व गरेका थिए ।
ओलीले आइतबार बिहान प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए ।
भण्डारीले प्रतिनिधिसभा भंग भएको घोषणा गर्दै मध्यावधिक निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।
काठमाडौं क्षेत्र नं. १० कीर्तिपुरका जनताले तत्कालीन माओवादीका अध्यक्ष दाहाललाई धोकेबाज भनेर हराइदिएका थिए । दाहाललाई नेपाली कांग्रेसका राजेन्द्र केसीले हराएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया