कम्युनिस्ट भनेका बिषालु सर्प हुन्, असली रुप देखाएः कांग्रेस नेता राणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व राज्यमन्त्री उदयशम्शेर राणाले नेकपा र केपी ओलीको असली रुप छर्लङ्ग भएको बताएका छन् ।

आइतबार कांग्रेसका युवा नेता राणाले ट्वीट गर्दै कम्युनिस्टहरूले जनता समक्ष गरेको कुरा सबै झठ्ठा रहेको भन्दै कम्युनिस्टहरूले संसद विघठन गरेर असली रुप देखाएको बताए ।

‘जनतालाई समृध्दि र स्थायित्वको नारा दिएर चुनाव जितेको नेकपा र ओलीको असली रुप छर्लङ्ग भएको छ’, नेता राणाले भनेका छन् ।

‘जननिर्वाचित संस्थालाई विघटन गरेर मुलुकमा अधिनायकवाद लादन खोज्ने नेकपाको सरकार र केपी ओलीको धृष्टतालाई कदापि सफल हुन दिदैनौं ।’

‘सर्पलाई जति दुध खुवाए नि बिष नै ओकल्छ’, कांग्रेसका युवा नेता राणाले भनेका छन् ।

Published : Sunday, 2020 December 20, 1:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया