कम्युनिस्टहरूले मुलुक चलाउन सक्दैनन्ः कांग्रेस नेता खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टहरूले मुलुक चलाउन सक्दैनन् भन्ने कुरा प्रमाणित भएको प्रतिक्रिया दिएका छन् ।
कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद विघठनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि ट्वीट गर्दै कांग्रेस नेता खतिवडाले भनेकाम छन्, ‘कम्युनिस्टले मुलुक चलाउन सक्दैनन् ।’
‘बादरको हातमा नरिबल । केपी ओलीद्वारा संसद विघठन’, ट्वीटमा खतिवडाले भनेका छन् ।
आफ्नो पार्टी नेकपाको आन्तरिक द्वन्द्व बढेर गएपछि ओलीले संसद विघठनको निर्णयमा पुगेका छन् । ओलीको यो कदमको लोकतन्त्रप्रति विश्वास र आस्था राख्नेहरूले विरोध गर्दै आएका छन् ।
कांग्रेसका नेता खतिवडाले करीव एक वर्ष अगाडि कम्युनिस्टहरूबीच देखिएको विवाद र खिचातानीबाट दिक्क भएर सरकारले काम गर्न नसक्ने बताएका थिए ।
कम्युनिस्टहरूलाई जनताले निर्वाचनमा स्थिर सरकारका लागि भनेर झण्डै दुईतिहाइको मात दिएका थिए । जनताको मतको कम्युनिस्टहरूले सम्मान गर्न सकेनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया