ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेः कांग्रेस नेता थकाली

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई प्रतिनिधि सभा भंग गर्ने अधिकार नरहेको जनाएका छन् ।

संविधान सभाका सदस्य समेत रहेका पूर्वमन्त्री थकालीले भनेका छन्, ‘सविधान सभा सदस्य र तत्कालीन सविधान मस्यौदा समितिको सदस्यको नाताले वर्तमान नेपालको सविधानले प्रधानमन्त्रीको वा मन्त्रिपरिषदलाई संसद भंग गर्ने ब्यवस्था गरेको छैन ।’

नेता थकालीले आइतबार प्रेस नोट जारी गरेर भनेका छन्, ‘निश्चय पनि तत्काल चुनावमा जाँदा नेपाली कांग्रेसलाई फाइदा पुग्छ । किनभने यो सरकार र सत्तारूढ दलसंग जनता आजित भएको पाउँछु ।’

‘यस्तै अस्थिरता नआओस् भनेर नै प्रधानमन्त्रीलाई संसद बिघठनको अधिकार ब्यवस्था नगरिएको हो’, उनले भने, ‘हो प्रधानमन्त्रीले राजीनामा दिइ वा संसदबाट बहुमत गुमाइँ अर्को प्रधानमन्त्री चयन गर्दा सविधानले ब्यवस्था गरेको सम्पूर्ण प्रक्रिया अपनाएर प्रधानमन्त्री चयन गर्न वर्तवान संसद असमर्थ भएमा मात्र ६ महिनाभित्र संसदको अर्को निर्वाचन गर्ने ब्यवस्था संविधानले गरेको छ ।’

कांग्रेसका नेता थकालीले ओलीको कदमको जोडदार रुपमा विरोध गर्दै संवैधानिक सर्वोच्चताको माग गरेका छन् ।

Published : Sunday, 2020 December 20, 12:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया