हङकङमा नेपाली रेष्टुरेन्टमा आगलागी, सात जनाको मृत्यु
हङकङ । हङकङमा नेपालीहरूले सञ्चालन गरेको रेष्टुरेन्टमा आगलागी भएको छ ।
जोर्डन भन्ने स्थानमा रहेको सो रेष्टुरेन्टमा आइतबार राति करीव ८ बजे आगलागी हुँदा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
आगलागीमा परेर १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।
आगलागीमा परेर चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको जनाइएको छ ।
बालबालिकासहितका केही व्यक्तिहरूलाई उद्धार गरिएको छ ।
स्थानीय प्रहरीले आगलागीको कारण खोज्न अनुसन्धान शुरु गरेको समाचारमा उल्लेख गरेको छ ।
Published : Monday, 2020 November 16, 8:52 am
फेसबुकबाट तपाईको प्रतिक्रिया