‘प्रचण्ड’ले ओलीलाई ‘सिध्याउन’ खोजेको शक्तिशाली मन्त्रीको खुलासा
काठमाडौं । उप–प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिध्याउन खोजेको आरोप लगाएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पोखरेलले दाहाललाई सुध्रिन चेतावनी दिएका छन् । ‘प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीविरूद्ध अत्यन्त संगिन आरोपहरू लगाउनुभएको छ’, उनले भनेका छन् ।
‘प्रस्तावका रूपमा प्रस्तुत यी संगीन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णय विरूद्ध र पार्टी एकताको भावनाविरूद्ध छन्’, पोखरेलले भनेका छन् ।
‘सहमतिका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित ‘कि तँ छैनस् कि म छैन’ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएका छन्’, दाहालप्रति आक्रामक हुँदै उप–प्रधानमन्त्री पोखरेलले भनेका छन् ।
‘ती ‘प्रस्तावहरू’ दुराग्रहका साथ प्रस्तुत ती ‘प्रस्तावहरू’ फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्शमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ?’, प्रश्न गर्दै पोखरेलले भनेका छन्, ‘प्रचण्ड कमरेडले मात्र होइन, नेकपाभित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ ।’
शुक्रबार बसेको सचिवालय बैठकमा दोस्रो वरीयताका अध्यक्ष दाहालद्वारा प्रस्तुत गरेर सदस्यहरूलाई वितरण गरिएको राजनीतिक प्रस्ताताव ओली र ओली सरकारविरुद्ध केन्द्रित थियो । दाहालले ओलीलाई विभिन्न आक्षेपहरू लगाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया