कम्युनिस्ट अधिनायकवादविरुद्ध लड्न देउवाको प्रस्ताव, विभागबाहेकमा सहमति गर्न तयार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठन भइसकेका विभागहरूको निर्णय फिर्ता नहुने बताएका छन् ।
राजधानीमा बिहीबार बसेको पदाधिकारी र शीर्ष नेताहरूको बैठकमा देउवाले विभागहरू गठन गर्ने निर्णय फिर्ता नहुने बताएका हुन् ।
देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गरेर टुङ्गो लगाउन तयार रहेको बताएका छन् ।
सभापति देउवाले कम्युनिस्टहरूको अधिनायकवाद बढिरहेका बेला मिलेर अगाडि बढ्न नेताहरूसँग अनुरोध गरेका थिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला समूहले १६ बुँदे ज्ञापनपत्रका विषयमा टुंगो लगाउनुपर्ने अडान राखेको छ ।
पौडेल समूहको विरोध पत्रमा केन्द्रित रहेको छलफल बिहीबार टुंगोमा पुग्न नसकेपछि शुक्रबारको लागि सारिएको छ ।
सभापति देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार साढे १२ बजे बस्ने गरी बिहीबारको बैठक स्थगित भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया