स्व.केसीको शोकमा कांग्रेसको कार्यालयहरू बन्द रहने, पोखारामा अन्त्यष्टि

काठमाडौं । नेपाली कांग्रेसले आमन्त्रित सदस्य एवम् प्रतिनिधि सभाका सांसद सूर्यबहादुर केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्तावको निर्णय गरेको छ ।

ललितपुरको सानेपामा मंगलबार बसेको आकिस्मक केन्द्रीय कार्यसमितिको बैठकले स्व.केसीप्रति शोक व्यक्त गर्न का.ग्रेसले तीनसम्म केन्द्रीय कार्यालय र सबै जिल्लाहरूमा पार्टीको झण्ड आधा झुकाउने निर्णय गरेको छ ।

‘कात्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

कात्तिक १९ गते बुधबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने विज्ञप्तिमा उल्लेख छ ।

केसीको कात्तिक १७ गते राति १० बजे पोखरा महानगरपालिका–७ मुस्ताङचोकस्थित आफ्नै निवासमा निधन भएको थियो ।

स्व.केसीले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको कांग्रेसले जनाएको छ ।

पिता कीर्तिबहादुर केसी र माता पदमकुमारी केसीको ज्येष्ठ सुपुत्रको रुपमा विक्रम संवत २०१४ जेठ १० गते जन्मिएका केसी ०७४ को निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत कांग्रेसका तर्फबाट प्रनिनिधि सभामा सांसद बनेका थिए ।

यसैबीच, स्व.केसीको पोखरामा अन्येष्टि गरिएको छ । पोखरा शान्तिघाटमा मंगलबार हिन्दू संस्कारअनुसार उनको अत्येष्टि गरिएको हो ।

पोखरा–७ एयरपोर्टस्थित केसी निवासमा नेपाली कांग्रेस कास्कीको तर्फबाट अन्तिम श्रद्वाञ्जलि अर्पण गरिएको थियो ।

कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, नेता शुक्रराज शर्मा, सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञबहादुर थापा, कास्की क्षेत्र नं. २ का सभापति माधव बास्तोला, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, पोखरा–७ का ईकाइ सभापति नवीन बरालले पार्टीको चारतारे झण्डा ओढाएका थिए ।

Published : Tuesday, 2020 November 3, 3:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया