भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख काठमाडौंमा
काठमाडौं । भारतीय सेनाका प्रमुख एमएम नरबाणेको भ्रमणभन्दा केही दिन अगाडि भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका छन् ।
विशेष विमानमार्फत गुप्तचर प्रमुख गोयल काठमाडौं आएको उच्च स्रोतले जनाएको छ । गोयलको टिम बिहीबार नै नयाँदिल्ली फिर्ता हुनेछ । गोयलको काठमाडौं भ्रमणका विषयमा औपचारिक रुपमा केही भनिएको छैन ।
नोभेम्बर पहिलो साता भारतीय सेना प्रमुख नरबाणेको नेपाल भ्रमण हुँदै छ । सो भ्रमणको तयारी स्वरुप ‘रअ’का प्रमुख गोयल काठमाडौं आएको जनाइएको छ ।
‘रअ’का प्रमुख गोयलले नेपालस्थित उच्च सुरक्षा निकाय र उच्च राजनीतिक भेटघाट गर्ने स्रोतले जनाएको छ ।
Published : Wednesday, 2020 October 21, 6:07 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया