प्रचण्डका घरबेटी अर्को ठूलो लफडामा परे
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीले मूल्य अभिवृद्धि कर (भ्याट)को विवरण नबुझाएको र भ्याट नतिरेको खुलासा भएको छ ।
आन्तरिक राजस्व विभागले भ्याट विवरण नबुझाउने र कर नतिर्नेमा प्रचण्डका घरबेटीलाई पनि सूचीमा राखेको छ । शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले भ्याटको विवरण बुझाएको छैन । उसले भ्यात पनि नतिरेको खुलासा भएको छ ।
विभागले १२ सय ठेकेदारको सूची सार्वजनिक गरेको छ ।
भ्याटमा दर्ता भएर लामो समयदेखि विवरण नबुझाउने र कर नतिर्ने २९ हजार करदातामाध्ये १२ सय ६ निर्माण व्यवसायी छन् ।
वस्तु तथा सेवा आपूर्तिकर्ता पनि भ्याटको विवरण नबुझाउने र कर नतिर्नेको सूचीमा छन् ।
भ्यान नबुझाउनेमा नेपाली कांग्रेसका सांसद मोहन आचार्यको रसुवा कन्सट्रक्सन, रसुवा–अजम्बर–शिवराम जेभी, जनता समाजवादी पार्टीका निलम्बित सांसद हरिनारायण रौनियारको पप्पु कन्सट्रक्सन, पूर्वसांसद जनार्दन ढकालको सूर्यचन्द्र कन्स्ट्रक्सन, नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामाको हिम्डुङ एन्ड थोकर कन्स्ट्रक्सनले पनि भ्याट विवरण बुझाएको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया