पूर्वएमालेले पूर्वमाओवादीलाई औकात देखाइदिने, शाहीको कुर्सी फुत्काइछाड्ने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई झन् निरंकुश बनाएर लगेका छन् ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालको साथ पाएका शाहीले आफूविरुद्ध लाग्ने नेता तथा प्रदेश सांसदहरूलाई कारबाहीको डण्डा चाएका छन् । सहमति गरेर असन्तुष्ट पक्षलाई मिलाउनुको साटो शाहीले पावरको धम्की दिएपछि अवस्था झन् तनाबपूर्ण बनेको छ ।

शाहीले पावरको दम्भ देखाउँदै नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक गुलाबजंग शाहलाई पदबाट हटाएका छन् । शाहले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको विरोधमा शाहीले प्रमुख सचेतक पद खोसेका हुन् ।

मुख्यमन्त्री शाहीले सीता नेपालीलाई प्रमुख सचेतक बनाएका छन् ।

प्रमुख सचेतकबाट हटाइए पनि शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका छन् । शाहले मुख्यमन्त्री शाहीविरुद्ध कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्नेछन् । शाह पूर्वएमाले निकटका हुन् । संसदीय दलमा पूर्वएमालेको बहुमत रहेको छ ।

पूर्वमाओवादी निकटका शाही संसदीय दलमा अल्पमतमा छन् ।

मुख्यमन्त्री शाहीले पनि मंगलबार संसदीय दलको बैठक बोलाएका छन् । शाहीले मुख्यमन्त्री पद बचाइदिन पुष्पकमल दाहालसँग अनुरोध गरिसकेका छन् । दाहालले पनि मुख्यमन्त्री पद बचाइदिने आश्वासन दिएको एक नेताले बताएका छन् ।

Published : Tuesday, 2020 October 13, 11:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया