निजामती कर्मचारीमाथि कम्युनिस्ट सरकारको हर्कत देखियो, कांग्रेसद्वारा विरोध

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन कम्युनिस्ट सरकारले स्थगित गरेकोमा विरोध गरेका छन्।

प्रमुख सचेतक खाँणले बुधबार विज्ञप्ति जारी गरेर ट्रेड युनियनको निर्वाचन निर्वाचिन सुनिश्चित गर्न माग गरेका हुन्।

‘निजामती कर्मचारीको आधिकारिक टे«ड यूनियन र आवद्ध संस्था तथा निर्वाचन समितिसँग परामर्श र सहमति विना नै नेपाल सरकारले एकलौटी ढङ्गबाट एकाएक आधिकारिक ट्रेड यूनियनको घोषित निर्वाचन स्थगन गर्ने निर्णय प्रति नेपाली कांग्रेस संसदीय दल विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

‘लोकतन्त्रको मूल आधारशीला निर्वाचन हो’, कांग्रेसका प्रमुख सचेतक खाँणले भनेका छन्, ‘लोकतान्त्रिक पद्धतिमा कुनै पनि चुनावको अपरिहार्यतालाई कसैले पनि सदाका लागि रोक्न सक्दैछ।’

‘कुनै पनि बहानामा निर्वाचन नहुनु राम्रो पक्ष होइन’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो प्रतिकूलताका कारणले निर्वाचन रोक्नुको सट्टा निर्वाचनको वातावरण निर्माण गर्नु राज्यको दायित्व हो।’

‘निजामती कर्मचारीको आधिकारिक टे«ड यूनियन र आवद्ध संस्थाका सबै पक्ष सँग परामर्श र सहमतिको आधारमा आधिकारिक ट्रेड यूनियनको निर्वाचनको सुनिश्चितता गरोस् भन्ने जोडदार माग गर्दछौं’, कांग्रेसका प्रमुख सचेतक खाँणले भनेका छन्।

Published : Wednesday, 2020 September 23, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया