भक्तपुरबाट तरुणहरूले औँला देखाएर कम्युनिस्टलाई सचेत गराए, संविधान दिवसमा भव्य कार्यक्रम
भक्तपुर । नेपाल तरुण दल भक्तपुरको सूर्यविनायक नगर कार्यसमिति वडा नं. ५ ले संविधान दिवसका दिन दीपप्रज्वलन गरेको छ।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, तरुण दल सूर्यविनायक नगर कार्यसमिति वडा नं. ५ का अध्यक्ष शिव जोशीलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
भक्तपुर कांग्रेसका सभापति थापाले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको चरणमा रहेको भन्दै संविधानको रक्षा अहिलेको अवाश्यक्ता रहेको बताए।
सभापति थापाले संविधानमाथि अहिलेको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारबाट खतरा रहेको बताए। उनले कम्युनिस्टहरूले विभिन्न बहानामा संविधानको अपब्याख्या गरेर दुईतिहाइको दम्भबाट संविधान बेलाबेला उल्लंघन गर्ने कार्यहरू भइरहेको बताए।
सभापति थापाले कम्युनिस्टहरूलाई जनताको सर्वोच्चतालाई स्वीकार गरेर संविधानको मर्म र भावनालाई अक्षरंस पालना गर्न चेतावनी दिएका छन्। अन्यथा जनताले सजाय दिने थापाले बताएका छन्।
नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा गर्ने दायित्व तरुणहरूको रहेको बताए। उनले संविधानमाथि कसैले धावा बोल्न खोजे देशभरिका तरुणहरूले एक साथ प्रतिवाद गर्दै संविधानको रक्षा गर्ने बताए।
तरुण दलले नेपालको संविधानको रक्षाका लागि खबरदारी गर्न समेत संविधान दिवसका अवसरमा दीपप्रज्वलन गरेर मनाएको तरुण अध्यक्ष जोशीले बताएका छन् ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया