कांग्रेस महामन्त्री डा.कोइराला अस्पताल भर्ना
काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई ज्वरो उच्च आएपछि अस्पताल भर्ना गरिएको छ ।
कोरोनाभाइरसको संक्रमणको उपचार गराइरहेका डा.कोइरालालाई बुधबार बिहान करीव ६ बजे अस्पताल पुर्याएको हो । उनलाई चाबहिलको ओम अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ ।
महामन्त्री डा.कोइरालालाई भदौ २३ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । उनी महाराजगञ्जस्थित निवासमै आसोलेसनमा बसेर उपचार गराइरहेका थिए ।
बुधबार ज्वरो अलिक धेरै आएर समस्या भएपछि अस्पताल भर्ना गरिएको हो ।
Published : Wednesday, 2020 September 16, 9:43 am
फेसबुकबाट तपाईको प्रतिक्रिया