शुक्रबार काठमाडौंले कोरोना संक्रमितको संख्यामा रेकर्ड तोड्यो, कुन जिल्लामा कति ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १४ सय ५४ जनामा कोरोना संक्रमणको पोजेटिभ भेटिएको जनाएको छ ।
मन्त्रालयद्वारा शुक्रबार जारी गरेको प्रेस नोटअनुसार महिला ४६३ र पुरुष ९९१ जना गरि देशभरि १४५४ जनामा कोरोना देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।
काठमाडौं उपत्यकामा ६ सय ९६ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा मात्रै ६२० संक्रमित छन् । भक्तपुर र ललितपुरमा ३८–३८ जना रहेका छन् ।
कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङमा ४० वर्षीय महिला, महोत्तरीमा ६५ वर्षीय पुरुष, धनुषामा ४५ वर्षीय पुरुष, काठमाडौंमा ७० वर्षीय पुरुष र नवलपरासीमा ५५ वर्षीय पुरुषका रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट ३२२ जनाको मृत्यु भएको छ ।
मन्त्रालयले ९७२ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएको जनाएको छ । योसँगै नेपालमा निको हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया