कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन, पार्टीलाई क्षति
सिमिकोट । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष एवम् नेपाली कांग्रेसका नेता लोकजंग हमालको निधन भएको छ ।
घरको छतमा लडेर घाइते भएका हमालको उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो । गत भदौ १९ गते हमाल छतबाट लडेर घाइते भएका थिए ।
नेपालगञ्जमा उपचाररत हमाललाई बिहीबार काठमाडौं रिफर गरिएको थियो ।
काठमाडौं लैजाने क्रममा नवलपरासीमै वडाध्यक्ष हमालको मृत्यु भएको उनका भाई बबरजंग हमालले जानकारी दिएका छन् ।
कांग्रेस नेता एवम् वडाध्यक्ष स्व.हमालको नेपालगञ्जस्थित राप्ती नदीमा अन्त्येष्टि गरिनेछ ।
३७ वर्षीय वडाध्यक्ष हमाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए ।
Published : Friday, 2020 September 11, 10:18 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया