ओलीले बालुवाटारमा ईश्वर पोखरेलको सातो लिए
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले काठमाडौं उपत्यकामा लकडाउन खुकुलो बनाएकोमा ‘कोभिड १९ रोकथाम उच्चस्तरीय संयन्त्र’का संयोजक समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग आक्रोश पोखेका छन् ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा ओलीले काठमाडौंमा लकडाउन छ र ? भनेर प्रश्न गरेका थिए । स्रोतले ओलीलाई उदृत गर्दै भन्यो, ‘सञ्चारमाध्यमहरूमा केही दिनदेखि देखिरहेको छु । कपडाका पसल पनि खुलेका छन् । सडकमा जाम छ । बजारमा भिडहरू छन् ।’
ओलीले काठमाडौं उपत्यकामा लकडाउन खुलेको हो कि खुलाइएको हो ? भनेर उपप्रधानमन्त्री समेत रहेका संयोजक पोखरेलसँग जिज्ञासा राखेका थिए । ओली रिसाएपछि पोखरेलले उच्चस्तरीय समितिको बैठक राखेर लकडाउन कडाइ गर्ने आश्वासन दिएका छन् ।
काठमाडौं उपत्यकाभित्र लकडाउनप्रति सरकार नरम भएपछि सवारी साधन चल्नुका साथै सडक र बजारहरूमा भिड हुन थालेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया