स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउन सरकारसँग माग गरेका छन् ।
देउवाले कोरोना भाइरस संक्रमणको सम्भावित विरामीको स्वास्थ्य परीक्षण गर्न र संक्रमण पुष्टि भइसकेका बिरामीको उपचार गर्न अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा देखिएको विवादबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘जेजति कुरा अगाडि बढेका छन्’, सभापति देउवाले भने, ‘सरकारले किन्न खोजेको छ । त्यसमा पारदर्शीता हुन आवश्यक छ ।’
स्वास्थ्य सामाग्री खरिदका लागि सरकारले ओम्नी समूहसँग गरेको सम्झौता विवादित भएको थियो ।
विवाद भएपछि सरकारले ओम्नी समूहसँग सम्झौता रद्द गरी खरिदको जिम्मा सेनालाई दिएको छ ।
सभापति देउवाले लकडाउन कति दिन आवश्यक छ भन्ने विषयमा छलफल थाल्नुपर्नेमा समेत जोड दिएका छन् ।
उनले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उचित व्यवस्थापन गर्न र कोरोना संक्रमणको परीक्षणलाई तीव्रता दिन सरकारलाई आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया