ओलीले कोरोना घोटालाको बचाउ गरेकै बेला कांग्रेसद्वारा पदमुक्त गर्न माग
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले चीनबाट खरिद भएको स्वास्थ्य सामग्री घोटालाका दोषीहरूलाई कारबाही गर्न माग गरेको छ ।
काठमाडौंको बुढानिलकण्ठमा मंगलबार बसेको कांग्रेस पदाधिकारीहरूको बैठकले कोरोनाका सामग्री खरिद प्रकरणमा दोषी देखिएकालाई पदमुक्त बनाउन माग गरेको हो ।
कांग्रेसले राज्य कोषबाट बजार मूल्यभन्दा बढी रकम तिरेर स्वास्थ्य सामग्री खरिद गरेको भन्दै आक्रोश जनाएको छ ।
कोरोना भाइरसको संक्रमणविरुद्ध सबै मिलेर सामना गर्ने बेला राज्य कोषमा भ्रष्टाचार र अनियमितता गरेको भन्दै कांग्रेसले दोषीहरूलाई छुट नदिन माग गरेको छ ।
‘स्वास्थ सामग्री खरिदमा बजार मूल्यभन्दा बढी राज्यकोषको रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नहरूलाई पदमुक्त गर्न अपील गर्दै बैठकले अनिवार्य छानविन र कार्वाहीको विषयमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले मंगलबार गरिएको सम्बोधनमा कोरोनाका स्वास्थ्य सामग्री खरिद प्रकरणको बचाउ गरेका थिए ।
ओलीले कोरोना घोटाला बचाउ गरेकै बेला प्रमुख विपक्षी दल कांग्रेसले दोषीलाई कारबाहीको माग गरेको छ । ओलीलेले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएकाे सम्बाेधनमा दाबी गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया