भारतले बनायो कोरोना टेष्ट गर्ने किट

नयाँ दिल्ली । भारतले कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने किट बनाइएको छ ।

पुनेस्थित प्रयोगशालाले पहिलो किट बनाएको हो । भारतले हालसम्म एक मिलियनमा ६.८ जनामा कोरोना परीक्षण गरिरहेको बताइएको छ ।

भारतमा बनाइएको टेस्ट किटले मुलुकको आवश्यकतालाई पूर्ति गर्ने अपेक्षा गरिएको छ । एक गर्भवती भाइरोलोजिस्टले यो किट विकासमा भारतलाई सफलता दिएकी हुन् ।

बच्चा जन्माउनुभन्दा केही घण्टाअघि उनले किट विकासमा सफलता मिलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

माइल्याब अनुसन्धान र विकास प्रमुख मिनाल ढाखाभे भोस्लेले कोरोना भाइरस टेस्ट किट ‘पाथे डिटेक्ट’ छ हप्तामा विकास गरिएको बीबीसीले जनाएको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ ।

Published : Sunday, 2020 March 29, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया