राप्ती गाउँपालिकामा विदेशबाट आएकाहरू लुकेर बसे, क्वारेन्टाईन र आईसोलेसन बन्यो

तीर्थराज ज्ञवाली

मसुरिया । दाङ जिल्लाको राप्ती गाउँपालिकाकाले प्रारम्भीक चरणमा कोरना भाईरस संक्रमणको जोखिम रोक्नका लागि दुई स्थानमा २५ बेडसहितको क्वारेन्टाईन र ३ बेडको आईसोलेसन केन्द्र स्थापना गरेको छ ।

राप्ती गाउँपालिका क्षेत्रमा बाहिरी जिल्ला तथा विदेशबाट आएका वा स्वदेशमै रहेर कोरोना भाइरसको संक्रमणको सम्भावना बोकेकालाई सुरक्षित राख्न क्वारेन्टाइन बनाइएको हो ।

जोखिम रोक्नका लागि लालमटियास्थित एरावती आदर्श बहुमुखी क्याम्पसमा १६ बेडको क्वारेन्टाइन बनाइएको छ ।

श्री सर्बोदय माध्यामिक विद्यालय सिसहनियाँमा ९ बेडसहितको क्वारेन्टाईन बनाइएको छ ।

सिसहनियाँ स्वास्थ्य चौकीमा ३ बेडको आईसोलेसन केन्द्र तयार गरिएको राप्ती गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिए ।

शुक्रबार नेपाल सरकारको मान्यतालाई आत्मसाथ गर्दै राप्ती गाउँपालिकाले प्रारम्भीक चरणमा २५ बेडसहितको क्वारेन्टाईन र ३ बेडको आईसोलेसन केन्द्र तयार गरिएको छ ।

आगामी दिनमा थप आवस्यक्ता परेका अन्य स्थानमा समेत क्वारेन्टाईन र आईसोलेसन केन्द्र स्थापना गर्न सकिने स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताए ।

राप्ती गाउँपालिकाले विदेशबाट आएका वा स्वदेशमै रहेर कोरना संक्रमणको जोखिममा रहेका व्यक्तिहरूलाई सुरक्षित राख्न केन्द्र तयार गरेको भन्दै सम्भावित जोखिममा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

सम्भावित तथा क्वारेन्टाईनमा बस्नुपर्ने व्यक्ति सम्पर्कमा नआएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताएका छन् । उनले त्यस्ता व्यक्तिलाई घरमै परिवारले लुकाइराखेको जानकारी प्राप्त भएको समेत बताए ।

गाउँपालिकाले आफ्ना नागरिकलाई कोरनाको संक्रमणबाट सुरक्षित रहन विभिन्न माध्यमबाट सूचित गरिरहेको जनाएको छ ।

पर्चा, पम्पलेट गाउँ टोलमा टाँस गरिएको, रेडियो टेलिभिजन मार्फत सूचना प्रशारणका साथै विदेशबाट घर फर्कने व्यक्तिलाई सम्पर्कमा आई क्वारेन्टाईनमा बस्न गाउँपालिकाले अनुरोध गरेको छ ।

त्यस्ता व्यक्तिहरू अटेर गरी घरमा नबस्न गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले निर्माण गरेको क्वारेन्मटाईनमा बस्न सम्भावित जोखिममा रहेका व्यक्तिहरू क्वारेन्टाइनमा आउने आशा राखिएको मेडिकल अधिकृत पुष्प भुसालले जानकारी दिएका छन् ।

Published : Friday, 2020 March 27, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया