कोरोनाको संक्रमण देखिएकी युवतीको अवस्था सामान्यः डा.अधिकारी
काठमाडौं । फ्रान्सबाट आएकी कोरोना रोगको संक्रमण देखिएकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेकी ती युवतीको स्वास्थ्य अवस्था समान्य रहेको टेकु अस्पतालका वरिष्ठ चिकित्सक डा. प्रभात अधिकारीले जानकारी दिएका छन् ।
नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग बुधबार कुरा गर्दै डा.अधिकारीले उपचाररत ती युवतीमा अरु कुनै रोगका लक्षण नदेखिएको बताए । उनले ती युवतीको अवस्था नर्मल रहेको जानकारी दिए ।
डा.अधिकारीले ती युवतीले आफूलाई संक्रमणको शंका लागेपछि सर्तक भएर बसेको बताएपनि उनलाई कहाँबाट संक्रमण सरेको र कति जनासंग सम्पर्क भएको भन्ने कुरा नखुलेको बताए ।
डा.अधिकारीले अरुमा संक्रमणको लक्ष्ण देखिन पनि समय लाग्ने र ८० प्रतिशत मानिसमा लक्षण नै नखिइकन संक्रमण सर्ने भएकाले स्थिति खतरामुक्त भने नभएको बताए ।
डा.अधिकारीले नेपालमा कोरोना भाइरसको संक्रमण प्रवेश गरिसकेकाले सबैले सर्तकता अपनाउनु मात्रै एक विकल्प रहेको बताए ।
डा.अधिकारीले सीमा नाका बन्द गर्न ढिलाई भएकाले समस्या बढेको बताए । डाक्टरहरूलाई पनि यो रोगको उपचार कसरी गर्ने भन्नेमा अन्यौल भएकाले स्वास्थ्यमन्त्रीको नेतृत्वमा स्पेशल टास्क फोर्स बनाएर विज्ञहरूको समूहमार्फत काम गर्न सुझाव दिएको डा.अधिकारीले बताए ।
‘चिकित्सकहरूलाई मास्क, चस्मा, ड्रेस लगायतका सामाग्री अहिले आवस्यक परेको छ’, डा.अधिकारीले भने, ‘अहिले पर्याप्त छैन । सबै डाक्टरहरूले आवस्यक सामाग्री पाएका छैनन् ।’ उनले आवस्यक सामान चीनबाट आउने तयारीमा रहेको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया