अष्ट्रेलियामा नेपालीहरूको ग्याङफाइट, एकको मृत्यु, चार पक्राउ

सिड्नी । मदिरा सेवन गरेका नेपालीहरूवीच कुटाकुट हुँदा अस्ट्रेलियामा एक नेपालीको मृत्यु भएको छ ।

ग्याङ फाइट हुँदा घाइते भएका अमित कार्कीको बुधबार मृत्यु भएको हो । ग्याङफाइटमा कुटपिटबाट घाइते भइ सिड्नीस्थित सेन्ट जर्ज अस्पतालमा उपचार गराइरहेका अमित कार्कीको बुधबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार गत २१ मार्चमा मदिरा सेवन गरेका युवाको दुई समूहबीच कुटाकुट हुँदा कार्की गम्भीर घाइते भएका थिए । कार्कीसँगै २४ वर्षीय युवा पनि घाइते भएका छन् ।

घटनामा अरु चार नेपालीलाई पक्राउ गरिएको सिड्नी प्रहरीले जनाएको छ ।

Published : Wednesday, 2020 March 25, 9:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया