घरभित्रै बसेर सरकारलाई सहयोग गर्नुस्ः सुनिलबहादुर थापा
धनकुटा । पूर्वमन्त्री सुनिलबहादर थापाले धनकुटा जिल्लासहित देशभरिका नागरिकहरूलाई सुरक्षित रुपमा बस्न अपील गरेका छन् ।
थापाले मंगलबार विज्ञप्ति जारी गरेर कोरोना भाइरसको संक्रमणविरुद्ध सरकारले लिएको निर्णय र निर्देशनलाई पालना गरेर सुरक्षित रुपमा बस्न अपील गरेका हुन् । उनले समस्त नेपालीहरूलाई सजग र संमयित भइ सुरक्षित रहन आग्रह गरेका छन् ।
कोरोना भाईरसको रोकथामका लागि सरकारले देशभरि लक डाउन गरेको भन्दै पूर्वसांसद समेत रहेका थापाले यसको सबैले पालना गर्नुपर्ने बताए । उनले घरमा सुरक्षित साथ बसेर लक डाउनलाई साथ दिन आग्रह गरेका छन् ।
‘स्वास्थ्य नै मानिसको अमूल्य धन हो । कोरोना भाईरसको संक्रमबाट बच्न सरकार र चिकित्सकहरूको सल्लाहअनुसार गर्नुपर्छ’, थापाले भनेका छन्, ‘कोरोना भाईरसबाट बच्न सबैले सहयोग गर्नुपर्छ ।’
उनले सबैलाई आ–आफ्नो क्षेत्रबाट जनचेतना जगाई कोरोना भाईरसबाट बच्नका लागि अभियान संचालन गर्न आग्रह गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया