कोरोना भाइरस सल्काएको भन्दै चीनको आलोचना, बीआरआइको नाम फेर्न सुझाव
काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्व डराइरहेका बेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चीनको आलोचना गर्न थालेका छन् ।
कतिपय आलोचकहरूले चीनलाई ‘बीआरआइ’को नाम फेर्न ब्याङ्गात्मक सुझाव दिएका छन् । चीनले बीआरआइ सँगसगै विश्वभरि कोरोना भाइरस पनि छिराएको भन्दै बिरोध शुरु भएको हो ।
बिरोध स्वरुप विश्वभरिका टुइटर प्रयोगकर्ताले चीनलाई बीआरआइको नाम फेरेर ‘वन बेल्ट, वन रोड, वन भाइरस’ राख्न सुझाव दिरहेका छन् ।
समाजिक संजालमा ‘वन बेल्ट, वन रोड, वन भाइरस’ धमाधम लेख्न थालिएका छन् । खासगरी चिनियाँ परियोजना भित्रएको यूरोपली मुलुक इटालीमा कोरोनाबाट गम्भीर रुपमा क्षति पु¥याएकोले बीआरआइसँगै ‘वन बेल्ट, वन रोड, वन भाइरस’ चर्चा छ ।
चीनले कोरोना महामारीको समाप्तिको घोषणा गरेपनि उसको घोषणामाथि भरोसा गर्न सकिने आधारहरू छैन ।
यस्तो अबस्थामा चीनले बीआरआइ परियोजना जारी राखे चिनियाँ उपकरण र कामदारमार्फत कोरोना भाइरस विश्व झन् कोरोनाको चपेटामा पर्दै जाने बताउन थालिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया