गोकुल बास्कोटालाई साइजमा ल्याएका राजुले कमललाई पनि त्यस्तै बनाए

काठमाडौं । झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई आच्छुआच्छु बनाएका टेलिभिजन प्रस्तोता राजु थापाले राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाको नि’र्मम प्रश्नहरू गरेर सा’तो लिएका छन् ।

प्रस्तोता राजु थापाको प्रश्नको जवाफ दिन नसकेपछि अध्यक्ष कमल थापा कार्यक्रम नै छाडेर हिँडेका छन् । आलोचकहरू राप्रपाका अध्यक्ष थापालाई प्रश्नको उत्तर दिन नसकेर स्टुडियोबाट ‘भागे’को भनेर टिप्पणी गरेका छन् ।

न्यूज २४ टेलिभिजनको कार्यक्रम ‘टू द प्वाइन्ट’मा प्रस्तोता राजु थापाले अध्यक्ष कमल थापालाई हिन्दूराष्ट्र र राजाका विषयमा कडा प्रश्नहरू सोधेका छन् । ती प्रश्नहरूको जवाफ दिन आनाकानी गरिरहेका कमल थापाले अन्तर्वार्ता शुरु भएको केही क्षणमा प्रस्तोता राजु थापालाई आफूसँग अन्तर्वार्ता लिने हैसियत नराख्ने भनेर होच्याएका छन् ।

अन्तिममा अध्यक्ष कमल थापा प्रस्तोता राजु थापाद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिन नसकेर स्टुडियोबाट रिसाएर हिँडेका छन् । प्रस्तोता राजु थापाले अध्यक्ष कमल थापासँग गल्ती भएको भए ‘माफी पाउँ’, ‘सुधारेर जान तयार छु’ जस्ता अभिव्यक्ति दिएका छन् । तर, कमल थापाले प्रस्तोता राजु थापालाई पूर्वाग्रही भएर प्रश्न गरेको तथा बोल्न नदिएको भनेर आरोप लगाएका छन् ।

कार्यक्रममा प्रस्तोता राजु थापाले अध्यक्ष कमल थापासँग निर्मम तरिकाले राजसंस्था र हिन्दूराष्ट्रका विषयमा प्रश्नहरू सोधेका छन् । भरखरै पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा (संयुक्त)सँग पार्टी एकीकरण गरेका कमल थापाले अन्तर्वार्ताका क्रममा हिन्दूराष्ट्र र राजाका विषयमा गोलमटोल जवाफ दिएका छन् ।

अन्तर्वार्ताका क्रममा राप्रपाका अध्यक्ष कमल थापाले सप्तरीमा केही दिन अगाडि मुस्लिमहरूले आयोजना गरेको ठूलो धार्मिक सम्मेलनको विरोध गरपछि स्थितिले तनावपूर्ण अवस्था ल्याएको थियो । प्रस्तोता राजु थापाले धार्मिक स्वतन्त्रतामा कमल थापाले दिएको अभिव्यक्तिमा टेकेर प्रश्नहरूको चाँङ लगाइदिएका थिए ।

ती प्रश्नहरूको जवाफ दिन असहज मानिरहेका कमल थापाले प्रस्तोता राजुलाई पूर्वाग्रही भएर प्रश्न सोधेको भन्दै आक्रोश पोखे ।

अध्यक्ष कमल थापाले प्रस्तोता राजु थापाको शैलीको आलोचना गरेका छन् । पार्टीभित्र निरंकुशता लादेको भनेर अध्यक्ष कमल थापालाई बेलाबेला आरोप लाग्दै आएको छ ।

कमल थापाकै व्यवहार र शैलीका कारण राप्रपा पटक पटक फुटेको नेताहरूले बताउने गरेका छन् । पार्टीका बैठकहरूमा अध्यक्ष कमल थापाले आफूले भने जस्तो भएन भने वा कसैले आलोचना गर्‍यो भने ‘मुखै छाड्ने’ गरेको चर्चा पनि छ ।

पार्टीका बैठकहरूमा कुनै पनि केन्द्रीय सदस्य र पदाधिकारीले कमल थापाको आलोचना गर्दैनन् । आलोचना गर्नेहरूलाई कमल थापाले पार्टीबाट निश्कासित गरेका धेरै उदाहरण छन् ।

नेपाल टेलिभिजनमा उनै प्रस्तोता राजु थापाले तत्कालीन सञ्चार तथा सूचना प्रविधिविमन्त्री गोकुल बास्कोटालाई सम्पत्तिसम्बन्धी प्रश्न सोधेका कारण नेपाल टेलिभिजनको कार्यक्रमबाट छाड्नु परेको थियो । तत्कालीन मन्त्री बास्कोटालाई राजु थापाले पत्नीको दाइजोका विषयमा प्रश्न सोधेर र्‍याखर्‍याख बनाएका थिए ।

Published : Thursday, 2020 March 19, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया