पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईको ढाढमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् ।
डा.भट्टराईको ‘ब्याक पेन’ भएर बुधबार राति ८ बजेतिर अस्पताल भर्ना भएका थिए । चिकित्सकको सल्लाहमा राति केही समय उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
सबै परीक्षणपछि रिपोर्टहरू सामान्य देखिएकाले केही प्रक्रिया पूरा गरेर डिस्चार्ज भएको सहयोगी विश्वदीप पाण्डेले जनाएका छन् ।
यसैबीच, डा.भट्टराईले ट्वीटर अकाउन्टमा आफ्नो नाम परिवर्तन गरेका छन् ।
डा.भट्टराईले आफ्नो ट्वीटर नाम डा. बाबुराम भट्टराई परिवर्तन गरेर ‘नियमित हात धोऔं’ भनेर राखेका छन् । उनले अंग्रेजीबाट वास योर ह्याण्ड पनि लेखेका छन् ।
विश्वभरि कोरोना भाइरस संक्रमणले महामारीको रुप लिइरहेका बेला जनचेतनाको लागि भन्दै डा.भट्टराईले ट्वीटरमा आफ्नो नाम परिवर्तन गरेका हुन् ।
ट्वीटर नाम परिवर्तन गरेर कोरोना भाइरसबारे जनचेतनाका लागि आफूले सानो पहल गरेको उनले बताएका छन् ।
विज्ञका अनुसार नियमित हात धुनु कोरोना लगायत अन्य संक्रमणबाट जोगिने प्रमुख उपाय हो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया