नेकपाका सांसद सुनुवारका कार्यकर्ता कांग्रेसमा प्रवेश, खतिवडाद्वारा स्वागत
ओखलढुंगा । नेपाल कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सत्तारुढ नेकपासहितका विभिन्न दल परित्याग गरेका आधा दर्जन नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएका छन् ।
युवा नेता खतिवडाले गृहजिल्ला ओखलढुंगामा नेकपा र राप्रपाका नेताहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । सदरमुकाममा आयोजित कार्यक्रममा खतिवडाले उनीहरूले पार्टीमा प्रवेश गराएको ओखलढुंगा कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस प्रवेश गर्नेमा होमबहादुर बस्नेत, अम्मरबहादुर खड्का, बुद्धिराज कार्की, सञ्जीनकुमार बस्नेत, सुजन बस्नेतसहितका नेता तथा कार्यकर्ता रहेको ओखलढुंगा कांग्रेसका सभापति प्रदीप सुनुवारले जानकारी दिए ।
पार्टी प्रवेश गराएपछि कांग्रेसका युवा नेता खतिवडाले योग्यता र क्षमताका आधारमा पार्टीमा सबैलाई स्थान दिइने बताए । ‘कांग्रेसले नेता तथा कार्यकर्ताहरूको क्षमताको मूल्यांकन गर्छ । मूल्यांकन गर्ने क्रममा समय लाग्न सक्ला । तर, न्याय सबैका हुन्छ’, खतिवडाले भने, ‘कांग्रेस भनेको कम्युनिस्टहरूले जस्तो झुठ बोल्न जान्दैन ।’
कांग्रेसमा प्रवेश गर्नका लागि नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरू चिसङ्खुगढीबाट गाडी रिजर्ब गरेर सदरमुकाम आएका थिए । कांग्रेस प्रवेश गरेका उनीहरूले कम्युनिस्ट र राप्रपा एउटै भएको भन्दै राष्ट्रियता र जनताका लागि कांग्रेसले मात्रै न्याय गर्ने बताएका थिए ।
नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीप सुनुवारले कम्युनिस्टहरूबाट ओखलढुंगाका जनता आजित बनेको बताए । उनले अब ओखलढुंगाको विकास र जनताको समस्याको समाधान कांग्रेसले मात्रै गर्ने बताए ।
ओखलढुंगा जिल्लाबाट प्रतिनिधि सभामा नेकपाका यज्ञराज सुनुवारले जितेका छन् । सांसद सुनुवारले काम नगरेको तथा जनतालाई झुक्काएको कांग्रेस प्रवेश गरेका नेकपाका नेता तथा कार्यकर्ताहरूले आरोप लगाए । 
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया