कोरोनाविरुद्ध अमेरिकाले गर्‍यो कमाल, औषधिको परीक्षण गर्दै

लण्डन । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा शुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् । खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमवार हुँदैछ ।

ती स्वयंसेवीहरूले संक्रमित नभईकनै खोपका विभिन्न मात्रा लिनेछन् ।

खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन । त्यसमा मेसिन्जर आरएनए (mRNA) को सानो भाग भएको बताइएको छ ।

बिरामीको कोषलाई भाइरसको संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ ।

पहिलो चरणमा कोरोनाभाइसविरुद्धको भ्याक्सीनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुने बीबीसीले जनाएको छ ।

परीक्षण गर्न लागिएको भ्याक्सीनलाई नाम mRNA-1273 नामकरण गरिएको छ । त्यसलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको छ ।

त्यो नयाँ परीक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो ।

Published : Monday, 2020 March 16, 9:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया