भारतद्वारा कोरोनासँग लड्न एक कराेड डलर प्रदान
काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न ‘कोभिड–१९’ आपत्कालीन कोष बनाउन गरेको प्रस्ताव सबै सदस्य राष्ट्रहरूले स्वीकृत गरेका छन् ।
आइतबार भएको संयुक्त भिडियो कन्फ्रेन्समा भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले कोभिड–१९ आपत्कालीन कोष बनाउन प्रस्ताव गरेका हुन् ।
मोदीले कोषमा भारतले शुरुमा एक कराेड अमेरिकी डलर जम्मा गर्ने घोषणा गरेका छन् ।
कोषमा सार्क देशले रकम जम्मा गर्न सक्ने र यो रकम कोरोनाको रोकथाम, उपचार र अनुसन्धानमा खर्च हुने मोदीले बताएका छन् ।
उनले कोरोनासँग लड्न भारतले र्यापिड रेस्पोन्स टिम बनाएको र आवश्यक परेमा अरु देशलाई पनि अनलाइन ट्रेनिङ दिइने बताए ।
प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा प्रतिबद्धता जनाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया