कांग्रेस केन्द्रीय कार्यालयमा दुलाल सचिवमा नियुक्त
काठमाडौं । नेपाली कांग्रेसले कृष्णप्रसाद दुलाललाई केन्द्रीय कार्यालयको सचिवमा समायोजन गरेको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार दुलाललाई तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको तर्फबाट सचिवमा समायोजन गरिएको हो ।
‘नेपाली कांग्रेस पार्टीमा विजयकुमार गच्छदार अध्यक्ष रहनुभएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठिक संरचना र केन्द्रीय कार्यालय समेतको समायोजनका लागि भएको सहमति अनुसार श्री कृष्णप्रसाद दुलाल (मोरङ)लाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सचिव पदमा समायोजन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
यसअघि लोकतान्त्रिक फोरमका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा समायोजन गरिसकिएको छ ।
Published : Thursday, 2020 March 12, 7:48 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया