कांग्रेसकी स्कुटरवाली सांसदले गरिन् अटेरी कम्युनिस्ट सरकारसँग अपील

काठमाडौं । कम्युनिस्ट सरकारले हुम्लाका जनतालाई तिब्बतबाट स्वदेश फर्काउन अटेर गरिरहेका बेला नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले चीनको ताक्लाकोटमा रोकिएका नेपालीलाई फर्काउन माग गरेकी छन् ।

संसदको बिहीबार बसेको बैठकामा शून्य समयमा बोल्दै सांसद शाहीले हुम्लाबाट कामको खोजीमा छिमेकी देश चीन पुगेका बझाङ र दार्चुलाका एक सय ४८ जना कामदार नाका बन्द हुँदा स्वदेश फर्कन नपाएको बताइन् । उनले ती सबै नेपाली नागरिकहरूको उद्धार गर्न माग गरिन् ।

उनले चीनको ताक्लाकोट पुगेका नेपाली नागरिकहरू स्वदेश फर्कन चाहे पनि नाका बन्द भएका कारण नेपाल फर्कन नपाएको बताइन् । ती नागरिकलाई फिर्ता ल्याउन कम्युनिस्ट सरकारले पहल गर्नुपर्ने उनले माग गरिन् ।

‘के हुम्ली जनता नेपाली जनता होइनन् ?’, सांसद शाहीले भनिन्, ‘घर आउने चाहना हुँदाहुँदै मंसिरमा हिउँ परेको र नाका बन्द भएपछि उतै रोकिएका छन् ।’

उनीहरूले आफूहरूलाई स्वदेश आउने व्यवस्था गरिदिन माग गरेको बताउँदै शाहीले भनिन्, ‘उनीहरूले हामी बाँच्न चाहन्छौं भनिरहेका छन् । जिल्ला प्रशासनले पनि पटक–पटक गृह मन्त्रालयमा पहल गरिदिन भनेको छ ।’

Published : Thursday, 2020 March 12, 1:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया