चकित परे ‘पूर्वमण्डले’हरू, केही घण्टा पनि टिकेन खुसी
काठमाडौं । पूर्वराजावादीहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकीकरण भएको खुसीयाली केही घण्टा पनि टिक्न सकेन ।
काठमाडौंमा बुधबार विशेष कार्यक्रम गरेर कमल थापा नेतृत्वको राप्रपा र पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा (संयुक्त) पार्टी एकीकरण भएको थियो । पूर्वराजावादी र पञ्चहरूको राप्रपाका केही नेताहरूलाई ०४६ सालको प्रजातन्त्र स्थापनापछि ‘मण्डले’ भनेर आरोप समेत लागेको थियो ।
पार्टी एकीकरणमा राजसंस्था ब्युताउने नेताहरूवीच सहमति भएपछि नेता सुनिलबहादुर थापा नेतृत्वको समूहले कार्यक्रम नै बहिस्कार गरेको छ ।
स्व.सूर्यबहादुर थापाका छोरा समेत रहेका नेता सुनिलबहादुर थापा नेतृत्वमा एक दर्जन केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाउँदै पार्टी एकीकरणमा सहभागी नभएको हो ।
नेता सुनिलबहादुर थापाले संविधानसभाबाट अन्त्य भइसकेको राजसंस्थालाई ब्युताउन नसकिने भन्दै राप्रपाको पार्टी एकीकरण प्रक्रिया बहिस्कार गरेका हुन् । नेता थापा राप्रपामा प्रभावशाली नेता मानिन्छन् ।
धनकुटा जिल्लाबाट संविधान सभामा निर्वाचित भएका नेता सुनिलबहादुर थापा मन्त्री समेत भइसकेका छन् । उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया