डडेल्धुरा नेविसंघका कार्यवाहक सभापतिको निधन
डडेल्धुरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको प्रहरीले जनाएको छ ।
२७ वर्षीय भण्डारीको सोमबार नुहाउने क्रममा निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको हो ।
अजयमेरु १ गाउँपालिका स्थायी घर भएका भण्डारी हाल सदरमुकामस्थित अमरगढी नगरपालिका ५ मा अस्थायी रुपमा बसोबास गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहोराले होली खेलेर आएपछि नुहाउने क्रममा भण्डारी बाथरुम निसास्सिएको जानकारी दिए ।
भण्डारी नुहाउन गएको बाथरुमा भेन्टिलेसन निकै सानो थियो । गिजरबाट नुहाउने क्रममा बाफ धेरै हुँदा निसास्सिएर निधन भएको प्रारम्भीक अनुसन्धानमा देखिएको निरीक्षक बोहोराले जानकारी दिए ।
बाथरुम गएको निकै बेरपछि भण्डारीका अंकल नाता पर्नेले बोलाउँदा नबोलेपछि ढोका खोल्दा उनी बेहोस अवस्थामा फेला परेको प्रहरी निरीक्षक बोहोराले बताए ।
उपचारका लागि अस्पताल लैजाने क्रममा चिकित्सकले मृत घोषित गरेको निरीक्षक भण्डारीले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया