खतिवडाले गरे कम्युनिस्ट नेता र मन्त्रीका श्रीमतीहरूको नयाँ खुलासा, चकित परे ‘गोरे’
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जनताले विश्वास गरेर कम्युनिस्टहरूलाई दिएको झण्डै दुईतिहाइको जनमत दुरुपयोग भएको बताएका छन् ।
युट्युब च्यानल सूत्र टिभीसँगको अन्तर्वार्ताका क्रममा खतिवडाले आफूलाई सर्वहारावादी भन्न रुचाउने कम्युनिस्टहरूसँग ‘गोरे’सँग भन्दा धेरै सुन र सम्पत्ति रहेको बताए । उनले श्रीमतिको नाममा सम्पत्ति देखारए कम्युनिस्ट नेताहरूले जनतालाई ढाँटेको बताए ।
‘कम्युनिस्ट मन्त्री र नेताहरू ईमान्दार छु, स्वच्छ छु, राम्रो छु भन्छन् । हिजो एउटा पत्रकार टेलिभिजनमा प्रश्न गर्दा त्यही पत्रकारलाई नेपाल टेलिभिजनबाट गलहत्यार जागिरबाट हटाउनुभयो’, उनले भने, ‘दाइजो भनेको के होभन्दा दाइजो सोध्ने भनेर पत्रकारलाई जागिरबाटै हटाइयो ।’
‘कस्तो चलन चल्यो भन्दा विवाह गर्दा सिन्दुर, पोते, चुरा अर्कैले किनिदिनुपर्ने’, नेपाली कांग्रेसका नेता खतिवडाले भने, ‘सम्पत्ति देखाउँदा श्रीमतीका नाममा देखाउनुपर्ने । ३३ किलो सुन काण्डका ‘गोरे’को भन्दा सुन धेरै अर्थात क्वीन्टलका क्वीन्टल सुन कम्युनिस्ट नेता र मन्त्रीका श्रीमतीहरूको नाममा देखिने । यस्तो पनि हुन्छ ?’
‘चनाव लड्दा साइकलमा कुद्ने । मन्त्री भएको भोलिपल्ट अर्थात चुनाव जित्नेवित्तिकै खातामा हेर्दा ६० लाखभन्दा कम पैसा नदेखिने’, उनले भने, ‘यस्ता कम्युनिस्ट पार्टीका नेताहरू देख्यौँ हामीले । अख्तियार नेकपालाई जोगाउन लागेको छ ।’
तत्कालीन सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले आफ्नी पत्नीको नाममा सुन र सम्पत्ति देखाएका थिए । सोही विषयमा प्रश्न गर्दा नेपाल टेलिभिजनबाट सञ्चारकर्मी राजु थापा हट्नु परेको थियो । अर्का साइकल मन्त्रीका रुपमा परिचित लालबाबु पण्डितको श्रीमतीको नाममा ६० लाखभन्दा धेरै नगद सम्पत्ति भेटिएको थियो ।
नेपाली कांग्रेसका नेता खतिवडाले भ्रष्टाचार र अनियमिततामा देखिएका सबै दोषीलाई कारबाही गरोस् भन्ने पक्षमा आफूहरू रहेको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया