नेविसंघले काठमाडौंमा बाँड्यो निःशुल्क मास्क
काठमाडौं । कम्युनिस्ट सरकारले मास्कको कालोबजारी रोक्न नसकिरहेका बेला नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सर्वसाधारणहरूलाई निःशुल्क रुपमा मास्क वितरण गरेको छ ।
काठमाडौंको नयाँ बानेश्वर चोकमा आइतबार नेविसंघ भ्याली इन्जिनियरिङ कलेजको आयोजनामा एक हजार मास्क वितरण गरिएको नेविसंघका नेता दजाङ शेर्पाले जानकारी दिए ।
‘नेविसंघको आफ्नै पहलमा थोरै भएपनि मास्का निःशुल्क रुपमा वितरण गरेका छौँ’, नेता शेर्पाले भने, ‘कोरोना भाइरसबाट बच्ने उपाय र जनचेतनाका लागि मास्क वितरण गरिएको छ ।’
शेर्पाले सरकारले सर्वसाधारणलाई निःशुल्क रुपमा मास्क वितरण गर्नुपर्ने भन्दै सबैमा जनचेतना फैलाउनका लागि कार्यक्रम गरिएको बताए । उनले सरकारलाई निःशुल्क मास्क वितरणका लागि आग्रह पनि गरेका छन् ।
मास्क वितरण र जनचेतना फैलाउने सो कार्यक्रममा नेविसंघकी महामन्त्री महेश्वरी कुँवर, नेविसंघका नेता दुजाङ शेर्पा, विवेक बस्नेत, अनुराग शाह, सञ्जीव खड्का, नेविसंघ नेपाल कमर्स क्याम्पसका सभापति सरोज तिमल्सिनालगायतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया