बाँके कांग्रेसले गर्‍यो बोल्ड निर्णय

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले चार जनालाई जिल्ला कार्यसमितिमा थप गरेको छ ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका चार जनालाई बाँके कांग्रेसले समायोजन गरेको हो । कार्यसमितिमा उपसभापति सहित चारजना थप भएको जनाइएको छ ।

उपसभापतिमा फूलाराम थारु मनोनीत भएका छन् । सदस्यहरूमा दीपनारायण बर्मा, रीतु शाही र विनोद थारु कार्यसमितिमा थपिएका छन् ।

महासमिति सदस्यहरूमा फूलाराम थारु, दीपनारायण बर्मा, राम मौर्य, हीरालाल लोनिया, ज्ञानबहादुर घिमिरे, अब्दुल करिम खान र विनोदकुमार थारु रहेका छन् ।

फोरमसँग भएको सहमतिअनुसार महासमिति सदस्यमा ७ जना, महाधिबेशन प्रतिनिधिमा १७, जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य ४ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति पदाधिकारी र सदस्य ६ जना थप गरिएको बाँके कांग्रेसकी सभापति किरण कोइरालाले जानकारी दिइन् ।

Published : Sunday, 2020 March 8, 2:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया