गोपाल श्रेष्ठलाई गुमाउँदा तरुणलाई पीडा छः जितजंग बस्नेत
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले गोपाल श्रेष्ठलाई गुमाउँदाको पीडा आफूहरूलाई पनि भएको बताएका छन् ।
काठमाडौंको गोकर्णेश्वर नगर समितिका अध्यक्ष स्व.गोपाल श्रेष्ठको १३औँ दिनको पून्यतिथिका अवसरमा शनिबार आयोजित शोक सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले गोपाल श्रेष्ठको अभाव आफूहरूलाई सधैँ रहने बताए । तरुण र पार्टीको कार्यक्रम तथा संगठन निर्माणमा स्व.श्रेष्ठको ठूलो योगदान रहेको बस्नेतले बताए ।
‘गोपाल श्रेष्ठले मलाई एक महिना अगाडि भेट्नु भएको थियो । उहाँले गोकर्णेश्वरमा कार्यक्रम राख्ने बारेमा कुरा गर्नुभएको थियो’, उनले भने, ‘गोपाल श्रेष्ठजी अत्यन्तय मिलनसार व्यक्तित्व हुनुहुन्थ्यो ।’
स्व.गोपाल श्रेष्ठको निधनबाट परिवारजनमा पर्न गएको पीडाप्रति अध्यक्ष बस्नेतले समवेदना प्रकट गरेका थिए । उनले स्व.श्रेष्ठले तरुण दलका लागि गरेको योगदानलाई आफूहरूले खेर जान नदिन आश्वासन दिएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया