डराएर होइन मिलेर कोरोना भाइरसको संकटको सामना गरौँः पुरी
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता ऋषि पुरीले देशलाई शंकट परेका बेला सबैले ईमान्दारिताका साथ सहयोग गर्नुपर्ने बताएका छन् ।
पुरीले विश्वभरि कोरोना भाइरसको संक्रमणको त्रास भइरहेका बेला नेपाली युवाहरूले त्यसको सामना गर्न सरकारलाई साथ दिनुपर्ने बताए ।
‘हामी सबै युवाहरू मिलेर कोरोना भाइरससँग कसरी बच्ने भनेर जनचेतना नै फैलाउनुपर्छ’, पुरीले भने, ‘सरकारी निकायद्वारा जारी गरिएका सूचनालाई सर्वसाधारणसम्म पु¥याउनुपर्छ ।’
यो अवस्थामा युवाहरू आत्तिने वा डराउनेभन्दा पनि संकटलाई कसरी समाधान गरेर अगाडि बढ्ने भन्नेमा ध्यान दिनुपर्ने युवा नेता पुरीले बताएका छन् ।
उनले चिकित्सकहरूको सल्लाह बमोजिमका कार्य गर्नुपर्ने बताए । समय र परिवेशलाई ख्याल राखेर स्वास्थ्यसम्बन्धी सबै सचेतनालाई कार्यान्वयन गर्नुपर्ने उले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया