भारतीय राजदूत क्वात्राले कार्यभार सम्हाले
काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आफ्नो कार्यकार सम्हालेका छन् ।
राजदूत क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहदाको प्रमाण पत्र पेश गरेर कार्यकार सम्हालेका हुन् ।
क्वात्रा नेपालका लागि २५औं राजदूत हुन् । डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका थिए ।
यसैवीच, राजदूत क्वात्राले उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेट गरेका छन् ।
बिहीबार भएका अलग अलग भेटहरूमा शिष्टाचार कुराकानी भएको भारतीय राजदूतावासले जनाएको छ ।
नेपाल र भारतवीचको सम्बन्ध सुधार भइरहेका बेला क्वात्राले आफ्नो कार्यभार शुरु गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया