कांग्रेस निकट महासचिव चैत दुई गते हट्ने, कम्युनिस्टका फुयाँलको जोडबल
काठमाडौं । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले उमेर हदका कारण चैतमा अनिर्वाय अवकास पाउँदै छन् । भट्टराईले चैत २ गते अनिर्वाय अवकास पाउनेछन् ।
अवकास पाउन थालेका महासचिव भट्टराईले राजदूत बन्ने ईच्छा राखेका छन् । दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालेका भट्टराईलाई जापानका लागि नेपाली राजदूत बन्ने ठूलो धोको छ ।
नेपाली कांग्रेस निकट मानिने भट्टराईलाई सरकारले राजदूत बनाउँछ वा बनाउँदैन भविष्यमा थाहा हुनेछ । भट्टराईले चैत २ गते अनिर्वाय अवकास पाउन लागेपछि महासचिव बन्न दौडधुप शुरु भएको छ । महासचिवका लागि संसद सचिवालयका चार जनाको दाबी रहेको छ ।
संसद सचिवालयका निजामती सचिवद्वय ध्रुब घिमिरे र भरत गौतमको नाम महासचिवमा चर्चामा छ । संसद सचिवालयका कर्मचारीमध्येबाट महासचिव बनाइयो भने घिमिरे र गौतमको सम्भावना निकै छ ।
तर, राजनीतिक नियुक्तिबाट सचिव बनेका प्रतिनिधि सभाका सचिव डा.गोपालनाथ योगी र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलको नाम पनि चर्चामा छ । माओवादी पृष्ठभूमि भएका डा.योगीलाई महासचिव बनाउन कृष्णबहादुर महरा, अग्नि सापकोटासहितका नेताहरू लचक देखिएका छन् ।
एमाले पृष्ठभूमि भएका सचिव राजेन्द्र फुयाँलले पनि महासचिवमा दाबी गर्दै आएका छन् । फुयाँललाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सुवासचन्द्र नेम्वाङको साथ रहेको छ ।
अहिलेकै संसद नियमावलीअनुसार डा.योगी र फुयाँलको उमेर नपुग्ने स्रोतले जनाएको छ । पुरानै नियमावलीअनुसार महासचिव बनाइयो भने सचिवद्वय घिमिरे र गौतममध्येबाट एकजनाले बाजी मार्नेछन् । महासचिव बन्नका लागि फुयाँल र डा.योगीले नियमावली परिवर्तन गर्न दवाव सिर्जना गरेका छन् ।
महासचिव बन्नका लागि अहिलेको नियमावलीले ४५ वर्ष पुगेर ५८ वर्ष पार नगरेको हुनुपर्छ । डा.योगी र फुयाँलको उमेर अझै ४५ वर्ष नपुगेको चर्चा छ । पुरानो नियमावलीअनुसार घिमिरे र गौतम उपयुक्त उम्मेदवार रहेका छन् ।
महासचिव बन्नका लागि पूर्वएमाले निकटका सचिव फुयाँल सबैभन्दा धेरै जोडबल गरिरहेका छन् । स्रोतका अनुसार फुयाँलले सुवासचन्द्र नेम्वाङलाई ठूलो दवाव दिइरहेका छन् ।
सभामुख अग्नि सापकोटा फुयाँललाई महासचिव बनाउन सकारात्मक छैनन् । फुयाँलको हर्कतबाट सापकोटा दिक्क भइसकेको संसद सचिवालयका कर्मचारीहरूको भनाइ छ ।
फुयाँललाई संसद सचिवालयमा सबैभन्दा धेरै अनुदार सचिवका रुपमा कर्मचारीहरूले लिने गरेका छन् । नेकपा निकटका कर्मचारीहरूले समेत सचिव फुयाँललाई रुचाउँदैनन् ।
बरु सचिव डा.योगीलाई कर्मचारीहरूले रुचाउँछन् । डा.योगी रुखो स्वभावका छैनन् । उनले सबैका कुरा सुनेर न्यायसँगत निर्णय र व्यवहार गर्ने गरेको चर्चा संसद सचिवालयमा छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया