कांग्रेसका याेजनामा कम्युनिस्टहरूलाई रिबन काट्ने रहर हुँदाे रहेछः खतिवडा
ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले रिबन काट्न कैँची बोकेर हिँड्दैमा ओखलढुंगा जिल्लाको विकास नहुने बताएका छन् ।
ओखलढुंगामा सोमबार आयोजित कार्यक्रममा खतिवडाले जिल्लाको विकास गर्न विकासका योजनाहरू र बजेट भित्र्याउनुपर्ने बताए ।
‘हाम्रा केही जनप्रतिनिधिहरू रिबन काट्न गोजीमा कैँची बोकेर हिँड्नु हुन्छ’, उनले भने, ‘रिबन काट्ने रहर छ भने विकासका कार्यक्रमहरू ल्याउनुपर्छ । बजेट पर्याप्त भित्र्याउन सक्नुपर्छ ।’
सत्ता आफ्नै दलको हुँदा पनि ओखलढुंगा जिल्लाबाट निर्वाचित भएर गएका जनप्रतिनिधिहरूले काम गर्न नसकेको नेता खतिवडाको आरोप थियो ।
नेता खतिवडाले ओखलढुंगाको विकासमा पर्यटनको ठूलो भूमिका रहेको बताए । त्यसका लागि प्रचार प्रसार गर्नुपर्ने उनले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया