गाली खुवाउने संसदका कुर्सी हटाउन सांसद सत्वगाँको माग
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरी सत्गवाँले संसद भवनमा रहेका ३ सय २६ वटा कुर्सी हटाउन माग गरेकी छिन् ।
संसदको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले संसदमा धेरै कुुर्सी भएका कारण आफूहरूलाई बेलाबेला आक्षेप लाग्ने गरेको बताइन् ।
‘जिल्ला नजाआउँ जिल्ला आउँदैनन् भन्ने जनगुनासो छ । जिल्ला जाऔँ हाउसमा कोरमको समस्या’, उनले भनिन्, ‘मन्त्रालय जाउ पहिले सोध्छन् कर्मचारीहरू – समानुपातिक कि प्रत्यक्ष ?’
‘समानुपातिक भन्नेवित्तिकै सानो काम गराउन समस्या । सानो काम गराउन सकिएन भने जनताबाट तिरस्कार भइन्छ कि भन्ने डर । के गर्ने ? जहाँ जाउँ समानुपातिक भन्नेवित्तिकै दोस्रो दर्जाको नागरिक जस्तै हेर्ने गरिन्छ ।’
‘पत्रकारहरूको आँखा र क्यामरा ३ सय ५६ वटा कुर्सीमा । हाल प्रतिनिधि सभा सदस्य दुई सय ७५ जना’, नेकपाकी सांसद चौधरीले भनिन्, ‘३ सय २६ वटा कुर्सी यथाशीघ्र हटाइयोस् भन्ने निर्देशन गर्न अपील गर्छु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया