तरुण उपाध्यक्षकाे आग्रहमा निर्मल केसी प्रतिष्ठानले भोजपुरमा शैक्षिक सामाग्री वितरण गर्ने
काठमाडौं । निर्मल केसी स्मृति प्रतिष्ठानले भोजपुरको एउटा सरकारी विद्यालयका विद्यार्थीलाई निःशुल्क शैक्षिक सामाग्री वितरण गर्ने भएको छ ।
प्रतिष्ठानका संरक्षक एवम् शिक्षाविद् विजय केसीद्वारा जारी प्रेस नोटअनुसार श्री खार्तम्छा सेकेण्डरी स्कूलका दुई सय विद्यार्थीलाई शैक्षिक सामाग्रीहरू वितरण गरिनेछ ।
‘प्रतिष्ठानका तर्फबाट हुन लागेको सहयोग धेरै ठूलो छैन’, केसीले भने, ‘हाम्रो आफ्नो क्षमताअनुसार भोजपुरको दुर्गम गाउँको विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी भएका छौँ । यो सहयोग निरन्तर रहनेछ ।’
नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँको विशेष आग्रहमा प्रतिष्ठानले विद्यालयका विद्यार्थीलाई २ सय ५० थान बलपेन, २४ सय गोटा कपी र २ सय झोला वितण गर्न लागिएको हो ।
प्रत्येक विद्यार्थीलाई प्रतिष्ठानको तर्फबाट किताब बोक्ने झोला, एक दर्जन बलपेन र एक दर्जन कापी वितरण गरिने संरक्षक केसीले जानकारी दिए ।
प्रतिष्ठानका सुनिता केसी, सेजल केसी र विजिशा केसीलगायतले विद्यार्थीलाई आफूहरूले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिष्ठानको अध्यक्ष इनु केसी हुन् । प्रतिष्ठानबाट केसीले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएकी छिन् ।
प्रतिष्ठानले आफूलाई सामाजिक क्षेत्रमा क्रियाशील बनाउँदै आएको छ । संरक्षक केसीले समाज सेवामा सानो भएपनि सहयोग गर्न पाउँदा आफ्ना पूर्वजहरूको सम्मान भएको आफूलाई महशुस हुने गरेको बताए ।
शैक्षिक सामाग्रीहरू यही शुक्रबार विद्यालय प्राङ्गणमा तरुण उपाध्यक्ष चापागाइँ र प्रतिष्ठानका संरक्षक केसीले वितरण गर्ने कार्यक्रम छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया