हेटौँडामा असन्तुष्ट समूहको भेला, पाैडेलले लगाए देउवालाई तल्लाे तहकाे आराेप
हेटौँडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पैसा लिएर पद बाँडेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन मकवानपुरले आइतबार हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले देउवालाई आर्थिक अनियमितताको आरोप लगाएका हुन् ।
‘पार्टीको महाधिवेशन शुरू भइसकेको छ’, पौडेलले भने, ‘आचारसंहिता लागू भइसकेको छ ।’
‘यस्तो अवस्थामा पार्टी सभापतिले नीतिभन्दा बाहिर गएर विभाग गठन गरिरहेका छन्’, उनले भने, ‘जुन गलत भइरहेको छ ।’
‘राम्रो काम गरेर पार्टीभित्र आफ्नो प्रभाव बढाउनेभन्दा पनि पैसासँग पद बाँडेर पार्टीमा आफ्नो वर्चश्व बढाउनेतर्फ नेतृत्व अगाडि बढिरहेको छ’, उनले भने, ‘यो नीतिले प्रजातन्त्रलाई घायल बनाइरहेको छ ।’
सभापतिको गलत कदमका कारण पार्टी कमजोर भइरहेको पौडेलले आरोप लगाए ।
‘पार्टी नेतृत्व सही ढंगले अगाडि बढ्न नसक्दा कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकेको छैन’, उनले भने, ‘विकासमा संक्रमण छाएको छ ।’ सभापतिसँग व्यक्तिगत नभएर नीतिगत असहमति रहेको उनले बताएका छन् ।
पौडेलले ओली सरकार र नेकपा भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् । ‘वर्तमान सरकार भ्रष्टाचारमा डुबेको छ’, उनले भने, ‘स्वयम् प्रधानमन्त्री नै भ्रष्टाचारलाई संस्थागत गरिरहनु भएको छ ।’
‘भ्रष्टाचार भएको प्रमाण हुँदाहुँदै पनि प्रधानमन्त्री मन्त्रीहरूलाई जोगाउने काम गरिरहनु भएको छ । जुन गलत छ’, पौडेलले भनेका छन् । पौडेल समूहले आइतबार हेटौंडामा आफू निकटका बागमती प्रदेश सभापतिहरूको भेला बोलाएको छ ।
भेलामा कांग्रेस महामन्त्री डा.शशांक कोइराला, नेता प्रकाशमान सिंह, डा.रामशरण महतलगायतका नेताहरूको उपस्थिति रहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया